program_demand_form 205847

आर्थिक वर्ष: 

आयोजना: 

अनुदानमा कृषि उत्पादन सामाग्री वितरण (प्रांगारिक मल, बीउ, बिरुवा, प्लास्टिक, मल्चिंग, थोपा सेट, स्प्रेयर, असिना छेक्ने जाली आदि)

माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण: 

थोपा सिंचाई (सेट)

वडा नम्बर: 

कृषक बर्गिकरण अनलाइन फारम दर्ता नम्बर (सुचिकृत कृषकलाई प्राथमिकता दिइनेछ): 

Farmer - २४ - 2366

सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि): 

पोखरा २४ कास्कीकोटमा रहेको यो एक सानो स्केलको एकिकृत कृषि वन प्रणालीमा आधारित सम्वन्धित क्षेत्रका विज्ञहरुद्वारा संचालित बाख्रा, कुखुरा र तरकारी फार्म हो । यहाँ पर्याप्त अर्गानीक चरन र जडिवुटीयुक्त प्राकृतिक कृषि वन प्रणालीमा पालीएका कुखुराहरुवाट उत्पादीत मासुजन्य कुखुरा तथा हर्बल अण्डाहरु र सोही प्रणालीमा आधारित भै पालिएका बाख्राको संयुक्त फार्म संचालन भैरहेको छ र यिनै पशुपन्छीको मलखादवाट यस फार्ममा अर्गानीक तरकारी समेत उत्पादन हुने गर्छ । सबै पशुपंक्षीहरुको जन्मदेखी मृत्युसम्मको सम्पुर्ण आर्थिक र प्राविधिक रेकर्डका साथै प्रजनन् सम्वन्धी रेकर्ड पनि सफ्टवेयरमार्फत् व्यवस्थित गरी राखिएको छ । हाल यो फार्मको चरनक्षेत्र २० रोपनी जमिनमा फैलिएको छ भने फार्म वाहिर घाँस लगाइएको क्षेत्र करीब १५ रोपनी रहेको छ । साथै हामी यहाँको हावापानीमा भिज्न सक्ने, चरीचरनमा आधारित भै पाल्न सकिने र रोग र परजिवी वढी सहने वोयर वाख्राको अनुसन्धान र विकासमा पनि निरन्तर लागिरहेका छौ । बजार योजना: फार्म भित्र रवाहिर गरी करीब ३० रोपनी जमिन भाडामा लिएर संचालनमा ल्याएको कृषि वन प्रणालीमा आधारित एउटा एकिकृत वाख्रा, ग्रामीण कुखुरा र तरकारी फार्म भएकोले अहिले हामीसँग घरेलु दाना र अर्गानीक चरनमा चरेको कुखुराको पोषिलो अण्डा, मासुजन्य कुखुरा तथा प्रांगारिक मलमा उत्पादन भएको अर्गानिक प्रकृतिको तरकारी उत्पादन भैरहेको छ जसलाइ हामीले स्वास्थ्य प्रति सचेत उपभोक्ताहरुसमक्ष स्वयम् होम डेलिभरी गरी वजारीकरण गर्दै आइरहेका छौं भने हाम्रो उपज पोखरा महानगरपालिका वार्ड नं १ को वगरस्थित आउटलेटमार्फत् पनि वितरण हुने गरेको छ । यो परियोजना सम्पन्न भएपछी यस फार्ममा आगामी १ वर्षमा तरकारी वार्षिक ४००० केजी, चरनमा आधारित अण्डा उत्पादन दैनीक औसतमा २५० गोटा तथा मासु र वीउजन्य वाख्रा करीब ३५ गोटा वार्षिकको दरले उत्पादन हुनेछ र थप उत्पादनलाइ पनि आफ्नै स्टाफमार्फत् स्वयम् होम डेलिभरी वा आवश्यकताअनुसार पोखरा लेकसाइडस्थित अर्गानिक प्रकृतिका उपज विक्री गर्ने Farmer's Market तथा अन्य विभिन्न स्थानमा विक्री गरिनेछ । यसरी एकिकृत मोडलमा उत्पादन गरिने भएकोले यस फार्मको उत्पादन लागत अन्य फार्मको तुलनामा सस्तो पर्नेछ भने उत्पादन पनि अर्गानीक प्रकृतिको हुनेछ । परीमाणत हामीले बजारमा सहजै प्रतिस्प्रधा गर्न सक्षम भै यो व्यावसाय आगामी दिनमा पनि दीगो रुपमा संचालन हुनेछ भन्ने हाम्रो अपेक्षा छ । फार्मका पशुपन्छीवाट तरकारीलाइ जोगाउन तथा मौसमि र वेमौसमि तरकारी उत्कापादन लागि ३ वटा ५ वाइ १५ मिटरको टनेल तथा फार्मको ७ फिट अग्लो तारजालीको वारवन्देज वनाइनेछ र मल्चिंग पलाष्टिक थोपा सिंचाइ सेट टनेल पलाष्टिक पनि त्यसैमा उपयोग हुनेछन् ।

थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस): 

३ वटा ५ मिटर वाइ २० मिटरको टनेलको लागि टनेल पलाष्टीक तथा मल्चिंग पलाष्टिक समेत ।

अन्य कागजातहरु: 

सम्पर्क व्यक्तिको नाम: 

मिना तिवारी गौतम

लाभान्वित घरधुरी: 

5

माग परिमाण: 

3.00

इकाई: 

सम्पर्क नम्बर: 

९८४६१७८१२७।९८४६२२२६२९

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |

संस्था दर्ता प्रमाणपत्र: 

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) : 

टोलको नाम: 

ठुलीपोखरी

फर्मको नाम: 

पोषिलो कृषि तथा पशुपन्छी श्रोत फार्म

माग गरेको कार्यक्रम: