आर्थिक वर्ष:
आयोजना:
साझेदारीमा पूर्वाधार बिकास, ढुवानी साधन, कोल्ड रुम निर्माण, प्याकेजिंग, प्रशोधन सहयोग
माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण:
ढुवानी साधन
वडा नम्बर:
सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि):
आवश्यक प्रक्रिया पुरा गरी भौतिक संरचना तथा आवश्यक मेशिनरी औजारहरुको व्यवस्थापन सहित २०७८ साल असोज १५ गते विधिवतरुपमा उद्घाटन गरेको यस अन्नपात प्रा लि.ले पोखरेली जेठोबुढो धान, कागुनोको ब्राण्डीङ सहित बजारमा ल्याएको छ । यसका अलावा मुस्ताङको स्याउ तथा ताल जलाधार क्षेत्रमा उत्पादन गरिएका तरकारीहरुको बिक्री वितरण सुरुवात गरेको छ । तत्कालमा पोखरा महानगरपालिको वडा नं १३, १९, २३, २५ र २८ का कृषकहरुबाट स्वस्थकर तरकारीहरु, कागुनो, पोखरेली जेठोबुढो संकलन र बजारिकरण गर्न सुरुवात गरेको छ भने अन्य अन्य कृषक समूहहरुमा सम्पर्क र समन्वय गर्दै आएको छ ।
व्यवसायिक योजना तथा नविनतम सोच
कृषि उत्पादनहरूको माग बढाई प्रत्यक्ष रूपमा कृषकहरूको जीविकोपार्जन सुधारमा सहयोग गर्नका लागि एकीकृत भू–परिधि स्तरीय लोगो वा सङ्केत (Unified Landscape Branding-ULB) सहित स्थानीय, क्षेत्रीय र राष्ट्रिय बजारमा पठाउने उद्देश्य राखिएको छ । यस प्रक्रियाबाट प्राप्त आम्दानीको केही प्रतिशत ताल तथा जलाधार क्षेत्रको दिगो व्यवस्थापन (महन्वपूर्ण जैविक विविधता एवं वासस्थान संरक्षण) का लागि पुन: लगानी गर्ने संरचना तथा प्रक्रिया विकास गरिएको छ । कम्पनीले पोखरा ताल जलाधार क्षेत्रका उत्पादनहरुलाई केन्द्र बिन्दुमा राखि यस प्रदेशका अन्य क्षेत्रहरुको समेत स्वथकर उत्पादनलाई संकलन, गे्रडिङ, प्याकेजिङ गरि लेबल सहितको बजारिकरण गर्ने र यस ठाउँको पहिचान गराउने लक्ष्य राखेको छ । साथै स्थानीय उत्पादनको गुणस्तरिय बजारिकण गरि कृषकहरुको आयआर्जन बढाउन सके मात्र कृषि जैविक विविधताको दिगो संरक्षण गर्न सकिन्छ भन्ने नविनतम सोचका साथ यस अन्नपात प्रा.लि. अगाडी बढेको छ । साथै बजारिकणबाट भएको खुद नाफाको ३ देखि ५ प्रतिशतलाई संरक्षण कोषमा जम्मा गरि पुन उत्पादकमा लगानी गर्ने सोच राखिएको छ । छरिएर रहेका साना कृषकहरुको उत्पादनलाई के कसरी संकलन, प्रशोधन र बजारिकरण गरिन्छ भन्ने बजारिकरणको अवधारणा चित्र नं १ मा प्रष्ट राखिएको छ ।
थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस):
पोखरा महानगरपालिका भित्रका अधिकाँस वडाहरुमा राम्रो यातायातको व्यवस्था नभएका कारण गाउँमा उत्पादित तरकारी बजारमा ल्याउँदा ढुवानीको व्यवस्थापनमा कठिनाई भई कृषकको तरकारी बिक्री वितरणमा कठिन भएका कारण यस प्रा लि. ले पोखरा जलाधार क्षेत्रमा उत्पादित कृषि उपजहरुको ढुवानीमा सहजता प्रदान गर्न यातायातको साधन खरिद गरि महानगरका विभिन्न गाउँहरुमा उत्पादन भएको तरकारी, फलफुल र अन्नबालीहरु संकलन गर्ने र बजारको विभिन्न ठाउँमा बिक्री वितरण गर्ने उद्येश्य राखेको छ । यस प्रकारको कार्यले हाल कृषकहरुले भोग्न परेको बजारिकरणको समस्यालाई न्युनिकरण गर्दै उपभोक्ताहरुले पोखरा जलाधार क्षेत्रमा उत्पादित ताजा तथा स्वस्थ कृषि उत्पादन प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ ।
संचालन गरिने क्रियाकलापहरु
माथि उल्लेखित उद्देश्यहरु र परिमाण परिपूर्ती गर्न र बजारिकरणलाई अझ सफल र महानगरपालिकाको बिभिन्न कृषि पकेट क्षेत्रबाट उत्पादित कृषिजन्य उत्पादनहरु महानगरको विभिन्न भेगहरुमा सहज रुपमा ढुवानी तथा आपूर्ती गर्न र मोबाइल तरकारी तथा फलफूल बिक्री केन्द्र कार्यान्वयन गर्नको लागि १ वटा नमूना कूषि गाडीको आवश्यकता महशुस गरी यो प्रस्तावना तयार गरिएको छ ।
क्र सं क्रियाकलाप विवरण एकाई परिमाण दर जम्मा लागत कार्यालयको अनुदान प्रस्तावकको साझेदारी रकम
१ लागत साझेदारीमा संचालनहुने
१.१ ४ टन कृषि समाग्री अटने ट्रक संख्या
मिनी ट्रक संख्या १ २,१६५,००० २,१६५,००० १,०८२,५०० १,०८२,५००
१.२ मिनी ट्रक कस्टमाईज संख्या
ट्रकको ट्रली तथा र्याक निर्माण संख्या १ २००,००० २००,००० १००,००० १००,०००
कुल जम्मा (१.१ं१.२) २,३६५,००० २,३६५,००० १,१८२,५०० १,१८२,५००
माग गरेको जम्मा अनुदान रकम : रु. १,१८२,५००/- (अक्षरेपी : एघार लाख बयासी हजार पाँच सय रुपैया मात्र । )
अन्य कागजातहरु:

सम्पर्क व्यक्तिको नाम:
डा. राम बहादुर राना
लाभान्वित घरधुरी:
450
माग परिमाण:
1.00
इकाई:
सम्पर्क नम्बर:
९८५११०३४२८
Agreement Text:
माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |
वार्डको सिफारिस:


संस्था दर्ता प्रमाणपत्र:

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) :


संस्थाको निर्णय:


टोलको नाम:
नयाँ गाउँ, राम बजार, पोखरा - १५
फर्मको नाम:
अन्नपात एग्रो प्रा. ली.