program_demand_form 103826

आर्थिक वर्ष: 

आयोजना: 

रैथाने बाली प्रवर्धन कार्यक्रम (लोपोन्मुख वा स्थानीयबाली (कोदो, जौ, फापर, कागुनो, उवा आदि) कालागि व्यक्तिको हकमा ३ रोपनी र समूह, सहकारीको हकमा कम्तीमा ३० रोपनीको क्लष्टरमा हुनुपर्ने)

माग गरेको सामाग्री / सेवा / उत्पादन / निर्माण विवरण: 

मिनिटिलर

वडा नम्बर: 

सुचना अनुसार गरिने कार्यहरु (हालको अवस्था समेत झल्किने गरि): 

पोखरा महानगरपालिका अन्तर्गत कृषि तथा पशु बिकास महाशाखा ले मिति २०७८/०६/०८ गते प्रकाशन गरेको “कृषि उत्पादन तथा बजारीकरण प्रवर्दन” कार्यक्रम संचालनको लागि आवेदन माग सम्बन्धि सूचनालाई आधार मानि पोखरा म.न.पा. वडा २८ स्थित, महिलाहरुले संचालन गरेको, यस काफलघारी सामुदायिक विकास आमा समूहले अत्यन्तै गम्भीरताका साथ सहभागी हुने निर्णय गरेको छ। नेपालका कृषकहरुले भोग्ने प्रमुख दुई चुनौती : १) प्रतिफलात्मक बिउबिजन र २) कृषि उत्पादनको बजारिकरण लाई मध्यनजर गर्दै हाम्रो यस आमासमुहाले विगत २ वर्ष देखि लि-वर्ड र मेरिट नेपाल नामक सँस्था सँग हातेमालो गर्दै आफ्नै रैथाने वाली हरुको संरक्षण तथा प्रवर्दन गर्न अभियान नै घोषणा गरी अगाडी बढिरहेको छ र हाल पोखरा महानगरले समेत यस शिर्षकमा कृषकहरुलाई प्रोत्शाहन गर्नेकिसिमका सहयोग तथा अनुदानमुलक कार्यक्रमहरु ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नालाई हैन वास्तविक कृषकलाई प्रोत्शाहन गर्न अनूरोध गर्दछौँ। यसै संदर्भमा, हाम्रो यस काफलघारी आमा समुहले संचालन गरिरहेको ‘रैथाने वाली संरक्षण तथा प्रवर्दन अभियान’ को हालको अवस्था र महानगरको अनुदान प्राप्त पश्चात गरिने कार्यहरु सम्क्षिप्त मा निम्नबमोजिम छन्: १. हालको अवस्था: संस्थाकी संस्थापक अध्यक्ष अम्बिका भण्डारी ले २०७६ सालमा स्वतस्फुर्त कागुनो बालीलाई काफलघारीको माटोमा परिक्षण उत्पादन गर्दा राम्रो उत्पादन भएपश्चात, मेरिट नेपाल र लि-वर्ड नामक संस्थाले नीतिगत, तालिम, निशुल्क विउविजन र बजारको जिम्मा लगायतका सहयोग गर्ने निर्णय गरेसँगै २०७७ साल देखि गाउँभर २० + रोपनी क्षेत्रफ़लमा पहिलोपटक, श्रोतसाधनको अभावकै बीच, व्यवसायिक उत्पादन थालनी गरिएको थियो। २०७७ सालमा जम्मा ३४० पाथी सामुहिकरुपमा उत्पादन भएपश्चात दोस्रोपटक ३२+ रोपनी क्षेत्रफलमा यहि साल २०७८ मा ८०% ले उत्पादन वृद्धि भइ कुल ६११ पाथी उत्पादन भएको छ। यदि खनजोत गर्ने आधुनिक उपकरण (मिनी-टिलर), उत्पादित फललाई कुटानी-पिसानी गर्ने थ्रेसर, प्रसोधन गर्ने मेसिन लगायतका आधुनिक यन्त्र र तिनलाई चलाउन/ मर्मत-सम्भार गर्न सिकाउने तालिम उपलब्ध भएमा यस गाउँका सबै किसानले गरी २०० बढी रोपनीमा यस लगायत अन्य रैथाने बालीको संरक्षण तथा प्रवर्दनमा यस समूह र आवद्द कृषकले नमुना भूमिका खेल्ने निश्चित छ। २. महानगरको सूचना अनुसार गरिने कार्यहरु: कृषि उत्पादनमा जोड दिंदैगर्दा, कृषकले भोग्नुपरेका अत्यन्तै साना देखिने तर भयानक समस्याहरु समाधान गर्न महानगरबाट प्राप्त हुने अनुदान/सहयोग प्रयोग गरिनेछ। हालको लागि हामि निम्न कार्यहरु अघि बढाउने छौँ: २.१ गाउँभित्रै ५ वटा टोल रहेको र विजयपुर (बेशी) देखि सुर्केमैदन चौतारा (डाँडा) सम्म फैलिएको हुनाले न्यूनतम ५ ओटा नयाँ पेट्रोल/डिजेल बाट चल्ने मिनी-टिलर खरिद गरी व्यवस्थित रुपमा संचालन गर्ने २.२ तागतयुक्त युवा जनशक्ति खासै नभएको र मौलिक गोरु पाल्ने चलन मासिंदै गएको हुनाले उल्लेखित मिनि-टिलर संचालन, मर्मत-सम्भार गर्न तालिमको व्यवस्था गर्ने २.३ रैथाने कागुनो बालीको सफल परिक्षण भैसकेको र गत आ.व. मा कास्की जिल्लामै सबैभन्दा बढी कागुनो उत्पादन गर्न सफल भएकोले , गाउँमै कागुनो कुट्ने थ्रेसरको लागि आवश्क पहल कदमी गर्ने, रकम प्राप्त भएमा समग्र वडा २८ लाई नै पायक पर्ने गरेर उक्त थ्रेसर जडान गर्ने (किनकि गाउँ मात्र विकास भएर हुँदैन, समग्र वडा नै विकास गर्नुपर्छ भन्ने हाम्रो समुहको मान्यता छ ) २.४ रैथाने वाली कागुनोको परिक्षण-उत्पादन सफलता सम्पन्न भैसकेको हुनाले अर्को रैथाने वाली ‘सामा’ लगायत अन्य रैथाने बालीको समेत माटो-विशेष परिक्षण गरि व्यवसायिक कृषितर्फ लाग्न आवश्यक प्रक्रिया अगाडी बढाउने छौँ।

थप विवरण (कार्यक्रम मागको अन्य विवरण भए उल्लेख गर्नुहोस): 

नितान्त कृषिमा निर्भर हाम्रो यस समुहले अनुदान प्राप्त रकम, कागजी पक्रिया गरी, हिनामिना गर्ने गराउने विल्कुल गर्ने छैन। सूचनामा आधारित संस्थाको हकमा ३०% , ७०% अनुपातमा सँस्था र महानगरले लागत साझेदारी गर्ने भनिएको व्यहोरा प्रष्टनै छ। यस विषयमा हाम्रो गाउँको कृषि विकासका लागि आवश्यक पर्ने उल्लेखित सहयोग प्राप्त भएमा हाम्रो यस समूह-सँस्था १०% देखि ३०% सम्म लागत साझेदारी गर्न तयार छ। तर केवल महिलाहरुले दिगो विकास का खातिर प्रयास गरिरहेको र ठोस आर्थिक श्रोत नभएको हुनाले स्वबिबेक प्रयोग गरी किताबी महिला-शशक्तिकरण हैन कि वास्तविक महिला शशक्तिकरण मा योगदान पुर्याई महानगरकै नमुना बनाउन हार्दिक अनूरोध छ ।

अन्य कागजातहरु: 

समूह / सहकारीको नाम: 

पिपलडाली काफलघारी कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

अम्बिका भण्डारी

लाभान्वित घरधुरी: 

55

माग परिमाण: 

5.00

इकाई: 

सम्पर्क नम्बर: 

९८५६०४७९६९

Agreement Text: 

माथि उल्लेखित विवरण सत्य तथ्य छ, सोही प्रकारको कार्यक्रम बिगतमा अन्य निकायबाट प्राप्त नगरेको स्वघोषणा गर्दछु / गर्दर्छौ |

वार्डको सिफारिस: 

संस्था दर्ता प्रमाणपत्र: 

प्यान / भ्याट दर्ता तथा नवीकरण (दुवै फाइल यहाँ अपलोड गर्नुहोस्) : 

संस्थाको निर्णय: 

पारिवारिक उत्पादन योजना पेश गर्नुभएको छ?: 

टोलको नाम: 

काफलघारी

फर्मको नाम: 

काफलघारी सामुदायिक विकास आमा समूह